काठमाडौं । छोरी किरिया बस्नु हुँदैन् भन्ने सामाजिक मान्यतालाई तोड्दै सोलुखुम्वुका दुई छोरी आफ्नी आमाको किरिया गरिरहेका छन् । छोरोले मात्र काज किरिया गर्नुपर्ने सामाजिक संस्कारमा परीवर्तन हुनु पर्ने र परिस्थिती अनुसार छोरीले नै काजकिरिया गर्न पाउनुपर्ने आवाज उठिरहेको बेला सोलुखुम्वु जुवू-४ कि आमाको निधनपछि उनकी दुई छोरी आमाको काजकिरियामा बसेका  हुन् ।

हिन्दु संस्कार अनुसार दश किरिया केवल छोराले मात्र गर्न पर्छ भन्ने मान्यतालाई पन्छाउँदै छोरी पनि छोरा सरह नै हुन् भन्दै गुरुङ्ग दिदी वहिनी आफ्नी आमाको किरियामा बसेका हुन् ।  NRNA जापानको वरिष्ठ उपाध्यक्ष तथा तमु धी जापानका निवर्तमान अध्यक्ष  समेत रहेकि  जेठी छोरी अनिता गुरुङ्ग र कान्छी छोरी सुनिता गुरुङ्ग आमाको काजकिरियामा बसेका  हुन् ।

समाजमा विद्यमान लैगीक विभेदका विच पनि विवाही गुरुङ्ग दिदी वहिनी आफ्नी स्वगीय माताको काज किरियामा आफै बसेका हुन।
उहाँहरुलाई उहाँहरुका पती पेम्वा लामा र दिपेन्द्र श्रेष्ठले साथ दिनु भएको छ । तर समाजमा अझै पनि छोरीहरू किरिया बस्ने चलनलाई अस्वाभाविक मानिँदै आएको छ ।

उहाँहरु हाल धुम्वाराही हाइटमा अवस्थित शिवस्थली मन्दिर तथा किर्यापुत्री भवनमा आफ्नी आमाको किरियामा बस्नुभएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ९ गते मङ्गलवार